मस्कार सबै नेपालीमा

 बिगत केहि महिनादेखि सामाजिक संजालमा कुनै समाज, धर्म तथा जातिलाई इकित गरेर गाली गर्ने युवालाई भड्काउन खोज्ने तत्व तथा पाटीहरुको निति रहेको देखिएको ले यस प्रकारको क्रियाकलापबाट हामी युवाहरु बिखण्डन हुनु हुदैन र सदैब हामी नेपाली भन्ने भावना रहोस् भनेर हामीले यस संगठनको निर्माण गरेका छौ हामी कुनै राजनिति चिन्तन र बिचार नबोकि मात्र नेपाली समुदायमा सद्भाब न खलबलियोस् भनेर आएका छौ कृपया यसमा जोडिएर हामीलाई साथ दिनुहोला धन्यवाद

Upcoming Zoom Meeting 

नेपाली जनजाति मौलिक धर्म संस्कृति जोगाउन प्रयाशरत युवाको आवाज 

सनातन / हिन्दु

सनातन धर्म, हिन्दू धर्ममा, वर्ग, जात, वा सम्प्रदायको पर्वाह नगरी सबै हिन्दूहरूका लागि "अनन्त" वा कर्तव्यहरूको पूर्ण सेट वा धार्मिक रूपमा निर्धारित अभ्यासहरू बुझाउन प्रयोग गरिएको शब्द। विभिन्न ग्रन्थहरूले कर्तव्यहरूको फरक-फरक सूची दिन्छ, तर सामान्यतया सनातन धर्ममा इमानदारी, जीवित प्राणीहरूलाई चोट पुर्याउनबाट परहेज, शुद्धता, सद्भावना, दया, धैर्य, सहनशीलता, आत्मसंयम, उदारता र तपस्या जस्ता गुणहरू समावेश छन्। एक व्यक्तिको "आफ्नै कर्तव्य" वा व्यक्तिलाई उसको वर्ग वा जात र जीवनको चरण अनुसार तोकिएको विशेष कर्तव्यहरू जस्तै, योद्धाको विशेष कर्तव्यहरू र गैर-चोटको अभ्यास गर्नको लागि सामान्य आज्ञा लाई भगवद गीता जस्ता हिन्दू ग्रन्थहरूमा सम्बोधन गरिएको छ, जहाँ यो भनिएको छ कि त्यस्ता अवस्थामा स्वधर्म प्रबल हुन्छ। यो शब्द हिन्दू धर्मलाई एकीकृत विश्व धर्मको रूपमा प्रयोग गर्न प्रयोग गरेका छन्। यसरी सनातन धर्म हिन्दू धर्मको "शाश्वत" सत्य र शिक्षाको पर्यायवाची बन्न पुगेको छ, जुन इतिहासको अतिक्रमित र अपरिवर्तनीय मात्र होइन तर अविभाज्य र अन्ततः गैर-साम्प्रदायिक रूपमा पनि परिकल्पना गरिएको छ।

बौद्ध धर्म

बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रूपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ। उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए। उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार वर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो। आज, बौद्ध धर्ममा तीन मुख्य सङ्घ छन्: थेरवाद, महायान र वज्रयान। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबैभन्दा ठूलो धर्मको रूपमा रहेको छ। बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई सम्यक सम्बुद्ध भनिन्छ। भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौँ सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:ख निरोधको सनातन शिक्षा दिनेछन। बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति

किरात/मुन्धुम परम्परा

मुन्धुम "मनदार" मुन्धवाम [१] याकथुङ (लिम्बु) तथा अन्य किरात जन्य जातिहररुको ब्रह्माण्ड-विश्व तथा जीवन दृष्टिकोण लगायत धर्तीमा मानव जीवनका सबै पक्षहरूको ज्ञानगुनहरूको संग्रह हो । मुख्यरुपमा मुन्धुममा १) ब्रह्माण्ड-विश्व र जीवन दृष्टिकोण तथा दार्शनिक पक्षहरू रहेकाछन्, २) ब्रह्माण्ड-विश्व र जीवन दृष्टिकोण तथा दार्शनलाई जनजीवनमा कार्यान्वयन गर्ने या दैनिक प्रचलनमा भनिने सुनिने कथा(भाश्य)हरू यसमा निहित रहेका छन्, ३) जन्मदेखि मृत्यू सम्मको जीवन चक्रका बिभिन्न चरणहरू(विवाह, गर्भ रहँदा, ऋृतू अनुसार र मर्दा) याकथुङ लगायत किरात जातिले सम्पादन गर्ने कर्मकाण्डहरू र तिनका विधीविधानहरू यसमा संग्रहित छन्,